
काठमाडौं । त्रिकोणात्मक टी–२० शृंख्लाको आज (बिहीबार) देखि सुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेल्ने भएको छ ।
खेल अपराह्न सवा १२ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । माघ २५ गतेसम्म सञ्चालन हुने शृंख्लाका सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छन् भने यसमा नेपाल, नेदरल्याण्ड्ससँगै थाइल्यान्ड पनि छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० शृंख्लाको पूर्वसन्ध्यामा बुधबार नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा, नेदरल्याण्ड्सकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेका थिए ।
नेपाली टोलीमा बर्माको कप्तानीमा रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, विन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, एलिसाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र ईश्वरी विष्ट रहेका छन् ।



















