ओखलढुंगामा टाटा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १७, बिहीबार १०:४६

विराटनगर । सिद्धिचरण लोकमार्गअन्तर्गत ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ भँडारे खोलामा आज (बिहीबार) बिहान टाटा सुमो दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ६४२१ नम्बरको टाटा सुमो आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको जानकारी प्रहरीले बिहान ८ः३० बजेतिर पाएको थियो । प्रहरीका अनुसार दुर्घटनामा परेर खोटाङको कोपिलासगढी गाउँपालिका–३ की ५६ वर्षीय मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र खोटाङकै दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–१२ की ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार तारा गुरुङ मृतक मायाकी बहिनी हुन् । माया बिरामी थिइन् । बिरामी अवस्थाकी मायालाई उपचारका लागि छोरा र बहिनीले काठमाडौं लिएर हिँडेको पाइएको प्रहरीले जनाएको छ ।

गाडी सडकबाट करिब सय मिटर तल खसेको थियो । दुर्घटनापछि सुमो चालक सुनसरीको इनरुवा नगरपालिका–२ का २२ वर्षीय अनिल पण्डित फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट गाडीमा चालकसहित ४ जना मात्रै सवार रहेको पत्ता लागेको छ ।

दुर्घटनामा परेर गाडी पूर्णरूपले क्षतिग्रस्त भएको छ । क्षतिग्रस्त गाडी अहिले घटनास्थलमै छ । चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

यद्यपि, प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । घटनास्थल जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाबाट करिब ३६ किलोमिटर दक्षिणमा पर्छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.