त्रिकोणात्मक टी २०ः टस जितेर पहिले बलिङ गर्दै नेपाल

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १७, बिहीबार १२:५५

काठमाडौं । बिहीबार (आज)देखि सुरु भएको महिला त्रिकोणात्मक टी २० क्रिकेटको उद्‌घाटन खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा महिला त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले टस जितेर नेदरल्याण्ड्सलाई ब्याटिङको निम्तो दिएको छ ।

घरेलु मैदानमा नेपालले दोस्रो पटक टी २० आई सिरिज खेल्न लागेको हो । यसअघि सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टी २० आई सिरिज खेलेको थियो ।

नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक नेदरल्याण्ड्ससँग खेल्दै त्रिकोणात्मक टी २० आई सिरिजको सुरुवात गर्दैछ ।

सिरिजमा नेपाल र नेदरल्याण्ड्सका साथै थाइल्याण्डको सहभागिता छ । महिला टि २० आई वरियतामा नेपाल २० औं, थाइल्याण्ड १३ औं र नेदरल्याण्ड्स १६ औं स्थानमा छ । सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्ने छन् । 

नेपालको खेल तालिका माघ १९ मा थाइल्याण्डसँग, माघ २० मा नेदरल्याण्ड्ससँग, माघ २२ मा थाइल्याण्डसँग, माघ २३ मा नेदरल्याण्ड्ससँग र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ । 

फाइनल नहुने भएकाले लिग चरणको अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्ने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.