
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेकाे छ ।
आजनेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा २, डिजेल र मट्टितेलमा ४ रुपैयाँ बढाएको हो ।
हवाई इन्धनको मूल्य पनि बढेकाे छ । निगमका अनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ बढेको छ ।

























