
काठमाडौं । बेलायतका राजकुमार एडवार्ड आफ्नी पत्नी (श्रीमती)सहित आज (मंगलबार) नेपाल भ्रमणमा आउँदै छन् ।
पत्नी सोफियासहित उनी दिउँसो नेपाल भ्रमणमा आउने छन् । एडवार्ड बेलायती राजा चार्ल्स तृतीयका भाई–बुहारी हुन् । यद्यपि, पति र पत्नी अलगअलग विमानमार्फत नेपाल आउने छन् ।
गृह मन्त्रालयका अनुसार नेपाल भ्रमणमा आउँदा बेलायती राजकुमार र उनको टीम माइती नेपाल, कीर्तिपुरको आँखा अस्पताल, भक्तपुरमा रहेको एसओएस बालग्राम जाने छ । यसका साथै राजकुमार र उनको टोली घुम्नका लागि पोखरासमेत जाने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।
राजकुमार एडवार्ड र उनको टीमको सुरक्षा व्यवस्थापनको तयारी तीव्र पारिएको छ । बेलायती राजपरिवारको वेब साइडमा उनीहरूले सन् २०२५ को पहिलो विदेश भ्रमण नेपालबाट गर्न लागेको जानकारी गत १४ जनवरीमा दिइएको थियो।
राजकुमार एडवार्ड र उनको टोली माघ २७ गते शनिबारसम्म नेपालमा रहने छ ।

























