वरिष्ठ अधिवक्ताको उपाधिको लागि १० वर्ष समय बढाउने प्रस्ताव

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २२, मंगलबार २०:३१

काठमाडौं । नेपाल कानुन व्यवसायी परिषद् ऐन २०५० लाई संशोधन गर्दै सरकारले वरिष्ठ अधिवक्ताको उपाधिका लागि वकालत समय २५ वर्ष बनाउने प्रस्ताव गरेको छ ।

हाल १५ वर्ष निरन्तर वकालत गरेपछि वरिष्ठ अधिवक्ताको उपाधि पाउने प्रावधान छ । नेपाल कानुन व्यवसायी परिषद् ऐन २०५० लाई संशोधन गर्दै वरिष्ठ अधिवक्ताको उपाधि पाउन वकालत गर्नुपर्ने समय २५ वर्ष बनाउने प्रस्ताव कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले गरेको हो ।

Advertisement

प्रचलित ऐनको दफा २१ मा वरिष्ठ अधिवक्ताको उपाधि पाउने सम्बन्धी व्यवस्था छ । दफा २१ को उपदफा १ मा भनिएको छ, ‘कुनै अधिवक्ताले कम्तीमा पन्ध्र वर्ष सर्वोच्च अदालत वा पुनरावेदन तहको अदालतमा कानुन व्यवसाय गरी पेसको उच्च मर्यादा राखी अदालत र समाजलाई सहयोग गरेको छ भन्ने सर्वोच्च अदालतलाई लागेमा त्यस्तो अधिवक्तालाई सर्वोच्च अदालतले सम्मान स्वरूप वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्न सक्नेछ ।’

संशोधनको प्रस्तावित विधेयकको दफा १५ मा,‘‘मूल ऐनको दफा २१ को उपदफा १ मा रहेको ‘पन्ध्र’ भन्ने शब्दको सट्टा ‘पच्चिस’ भन्ने शब्द राखिएको छ ।’

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा छलफलका क्रममा रहेकाे याे विधेयकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले वकालत अवधि बढाउन नहुने प्रस्ताव गरे । उनले १५ वर्ष नै उपयुक्त भएको बताएका थिए ।

तपाइको प्रतिक्रिया
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
यी हुन् उम्मेदवारी फिर्ता लिनेहरु (सूचीसहित)
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
‘हकदैया–हदम्यादमा प्रारम्भिक आदेश अन्तिम हुँदैन, प्रमाणले फेरबदल गर्न सक्छ’
झापा ५ मा ओलीको चुनाव परिचालन समिति गठन, देवेन्द्र दाहाल संयोजक
सरकारले उद्योग लगानी सीमा खुकुलो पार्ने (मन्त्रिपरिषद्का निर्णयसहित)
‘देश अझै संकटमा, दुर्घटना टरिसकेको छैन’
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङमा ६ जनाको उम्मेदवारी फिर्ता, चुनावी प्रतिस्पर्धामा ११० जना
बदलिएको कांग्रेस, प्रधानमन्त्रीका दाबेदार गगन थापा
महावीरको चुनाव चिह्न ‘त्रिभुज’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.