विराटनगरमा खाल्डोमा डुबेर बालकको मृत्यु

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २६, शनिबार १६:५२

विराटनगर । विराटनगरमा पानी जमेको खाल्डोमा डुबेर आज (शनिबार) १ जना बालकको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१८ खोक्सा बस्ने विजय ठाकुरका छोरा ६ वर्षीय प्रिन्स ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरनजिकको खेतबारीमा रहेको खाल्डोमा जमेको पानीमा डुबेको अवस्थामा बालकलाई फेला पारिएको थियो ।

पानी जमेको खाल्डोमा डुबेको देखेपछि आफन्तले उद्दार गरेर उपचारका लागि कोशी अस्पताल ल्याएका थिए । अस्पताल ल्याइपुर्याउनसाथ दिउँसो २ः१५ बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ ।

खेल्दै जाने क्रममा बालक खाल्डोमा परेको र निस्कन नसक्दा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.