बार काउन्सिलका पार्षदको निर्वाचन : यी हुन् विभिन्न प्रदेशबाट विजयी हुनेहरु (सूचीसहित)

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २६, शनिबार २१:१३

विराटनगर । नेपाल कानुन व्यवसायी परिषद् (नेपाल बार काउन्सिल)को पार्षदहरुको टुंगो लागेको छ ।

पार्षद चयनका लागि आज (शनिबार) निर्वाचन भएको थियो । निर्वाचन भएर मतगणना पनि सकिएको छ । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको हो । निर्वाचनमार्फत पार्षदको टुंगो लागेको छ ।

Advertisement

परिषद्को पार्षदमा ७ वटै प्रदेशबाट १–१ जना निर्वाचित हुने प्रावधान छ । त्यही प्रावधान अनुसार ७ वटा प्रदेशमा ७ जना निर्वाचित भएका छन् । निर्वाचनका लागि ७ वटा प्रदेशबाट १४ जनाको उम्मेदवारी दर्ता भएको थियो । प्रत्येक प्रदेशमा २–२ जनाले उम्मेदवारी दिएका थिए ।

निर्वाचनका लागि नेकपा (एमाले)निकट पीपीएलए, नेकपा (माओवादी केन्द्र)निकट आरपीएलए, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट पीएलए, मोहन वैद्यनिकट एनपीएलए र जनता समाजवादी पार्टी (जसपा)निकट एफएलएसहितको ‘प्रगतिशील, गणतान्त्रिक, समाजवादी, स्वतन्त्र, देशभक्त, समावेशी’ गठबन्धन बनेको थियो । नेपाली कांग्रेस निकट डीएलए र नेकपा (एकीकृत समाजवादी)निकट एसपीएलएको अर्को गठबन्धन थियो ।

प्रगतिशील, गणतान्त्रिक, समाजवादी, स्वतन्त्र, देशभक्त, समावेशी गठबन्धन र डीएलए–एसपीएलए गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा भएर पार्षदको टुंगो लागेको हो । बिहान १० बाट सुरु भएको मतदान अपरान्ह ४ बजे सम्पन्न भएको थियो ।

काउन्सिलले कानुन व्यवसायीको लाइसेन्स वितरण तथा खारेजी, कानुनी शिक्षा, कानुन व्यावसायीको आचारसंहितालगायतका क्षेत्रमा काम गर्छ । बार काउन्सिलको अध्यक्ष महान्यायाधिवक्ता हुन्छन् ।

यी हुन् विभिन्न प्रदेशबाट विजयी हुने र प्रतिस्पर्धीहरु

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.