मोरङको सुनवर्षीमा मुस्लिम समुदायको इजतेमा : नेपाल भारतका २२ हजार सहभागी

Share this
762shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २९, मंगलबार १३:४३

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका– ८ को सिक्टी क्षेत्रमा मुश्लिम समुदायको इजतेमा सुरु भएको छ । सोमबारबाट सुरु भएको इजतेमामा २२ हजार भन्दा बढी सहभागी छन् ।

इजतेमा तीन दिनसम्म चल्ने नेपाल मुश्लिम संघका केन्द्रिय सचिव अफजल हुसैन गुल्जारले जानकारी दिए । सचिव हुसैनका अनुसार मुश्लिम धर्म अनुसार इजतेमामा हजारौंको संख्यामा उपस्थित भएका अनुयायीलाई धर्म गुरुले प्रवचन दिनेछन् ।  ‘सोमबारबाट सुरु भएको कार्यक्रम तीनदिनसम्म चल्नेछ, उनले भने,’ बुधबार दुवा गरेर कार्यक्रमको समापन हुनेछ । स्वदेश र विदेश भारतबाटसमेत आएका धर्म गुरुले प्रवचन दिनेछन् ।’

कार्यक्रम दुई महिना अघि नै तय भइसकेको र स्थानीय समुदायको समन्वयका कारण सहज भएको  माेरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार  स्थानीय मुश्लिम समिति र सुरक्षा निकायबीच समन्वय भइरहेको छ । भारतबाहेक अन्य मुलुकबाट नागरिकलाई प्रवेशमा रोक लगाएकाे उनले बताए ।

सीमामा कुकुरको सहयोगसँगै सुरक्षा निकायले भारतीय नागरिकको आधार कार्ड हेर्ने, मेटल डिटेक्टरले जाँच गर्ने काम हुँदै आएको प्रजिअ यादवले जानकारी दिए ।

‘विगत दुई महिना अघि आयोजकले ठूलो खेतमा शौचालयदेखि अन्य संरचना बनाउनु भएको रहेछ। अर्कोस्थान सार्दा समय र समस्या हुने देखिएको थियो, उनले भने,’भारतबाहेक अन्य क्षेत्रबाट नागरिक प्रवेश गर्न नपाउने समन्वय भएको छ । यस्तो हुदाँ हामी तत्कालै उहाँहरुलाई सीमाबाटै भारततर्फ नै पठाउने छौ ।’

इजतेमाकाे सुरक्षाका लागि नेपाल प्रहरीबाट ४ सय २५ र सशस्त्र प्रहरी बलबाट १ सय २५ गरि कुल ५ सय ५० जना सुरक्षाकर्मी  खटिएका छन् ।

कार्यक्रमस्थल भारतीय सीमाबाट करिब अढाई किलोमिटरको दुरीमा छ । यसअघि, गृहमन्त्रालयले नै सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम गर्नका लागि अनुमति नदिएको स्थानीय आयोजक समितिका एक सदस्यले जानकारी दिए ।

सीमाको १० किलोमिटर बाहिर कार्यक्रम हुनुपर्ने, विदेशी नागरिकलाई प्रवेश गराउन नपाउने र सुरक्षाको लागि स्थानीयले समन्वय गर्नुपर्ने प्रावधान राखेको थियो । यद्धपी, जिल्ला प्रशासन कार्यालय मोरङमा छलफल गरि कार्यक्रमलाई व्यवस्थित र सुरक्षित गराउने प्रतिवद्धताका साथ काम अघि बढेको थियाे ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.