
झापा । झापामा आफ्नै घरभित्र नग्न अवस्थामा १ जना महिलाको शव फेला परेको छ । शिवसताक्षी नगरपालिका–११ बच्चा बगर ५८ वर्षीया गंगामाया लिम्बूको शव मंगलबार राति फेला परेको झापा प्रवक्ता निमित्त प्रवक्ता इन्स्पेक्टर विजय चौहानले बताए ।
उनका अनुसार घरमा गंगामाया एक्लै बस्दै आएकी थिइन् । उनका पति धर्मराज सेनेहाङ्ग लिम्बू भारतमा बस्दै आएको प्रहरीले जनाएको छ । मृत फेला परेकी महिला सोमबारदेखि सम्पर्कविहीन थिइन् ।
छिमेकीले घरको झ्यालबाट हेर्दा भान्सा कोठामा लडिरहेको शव देखेर प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले ढोका फोडेर बाहिर निकालेर दमक अस्पताल पुर्याएको थियो । घटनाको अनुसन्धान सुरु गरिएको इन्स्पेक्टर चौहानले बताए ।

























