अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ३, शनिबार १४:३५

पोखरा । बेलुन पड्किएर आगोको लप्काले लाग्दा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् ।

पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा शनिबार बेलुन पड्किएर दुर्घटना भएको हो । बेलुन उडाउने क्रममा पड्किएर उनीहरु घाइते भएका हुन् ।

आगोको लप्काले लागेर घाइते भएका दुवै जनाको उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ । अर्थमन्त्री पौडेलको गण्डकी अस्पतालमा प्रारम्भिक उपचार भइरहेको छ ।

उनको स्वास्थ्यमा केही असर परेकाले आजै काठमाडौं जाने तयारी रहेको बताइएको छ । घटनापछि पर्यटनमन्त्री बद्री पाण्डे र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा कार्यक्रम भएको थियो ।

पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा महानगरले पर्यटन वर्ष मनाउँदै छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.