झापामा आगलागी, ७० लाखको क्षति

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ४, आइतबार ०८:००

विराटनगर । झापामा आगलागी हुँदा ठूलो क्षति भएको छ । कचनकवल गाउँपालिका–६ बनियानीका कमल खतिवडाको घरमा शनिबार साँझ आगलागी भएको हो ।

पुजा कोठाबाट बालेको दियोबाट साँझ ७ः३५ बजेतिर सल्किएको आगोले टिनको छानो लगाइएको २ तले र १० कोठे घर पूर्णरूपले जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगोले घरसहित घरभित्र रहेको १ लाख रूपैयाँ नगद, अन्दाजी ४१ लाख ४२ हजार ५ सय रूपैयाँ बराबरको सुन, ७५ तोला चाँदी, २ वटा एसी, २ वटा टिभी र १० लाख मूल्य बराबरको विभिन्न सामान जलेर ध्वस्त भएको छ ।

घटनामा ७० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । स्थानीय र दमकलको सहयोगमा नेपाल तथा सशस्त्र प्रहरीको राति १० बजेतिर आगो नियन्त्रणमा लिएका थिए । घटनामा मानवीय र चौपाया क्षति भने नभएको प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.