पाथीभरा क्षेत्रमा हिमपात

Share this
658shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ४, आइतबार ०९:१५

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात भएको छ । शनिबार राति सामान्य वर्षा भएको थियो ।

वर्षापछि हिमपात भएको स्थानीयले बताए । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले यसवर्ष पाथीभरामा तेस्रोपटक हिमपात भएको जानकारी दिए ।

‘अहिले सामान्य वर्षासँगै हिमपात भएको छ । यसअघि पुस र माघमा २ पटक हिमपात भएको थियो । यो वर्ष तेस्रोपटक हिमपात भएको छ,’ उनले भने ।

पाथीभरा ३ हजार ७ सय ९४ मिटरको उचाइमा छ । हिमपातसँगै त्यो क्षेत्रमा अत्यधिक चिसो बढेको छ । हिउँ परेपछि पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको संख्या बढ्ने गरेको स्थानीयले बताए ।

 

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.