
काठमाडौं । गिरीबन्धु टि–स्टेट्स सम्बन्धी फैसला कार्यान्वयन नगर्नुको कारण पेस सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।
न्यायाधीश शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले गर्न प्रधानमन्त्री र भूमिव्यवस्था मन्त्रीको नाममा कारण देखाउ आदेश जारी गरेको हाे ।
गिरीबन्धुको मुद्दा जग्गा प्रकरणमा सर्वोच्चको संवैधानिक इजलासबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयन नभएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा अवहेलनाको निवेदन दर्ता गराएका थिए ।
२०८० माघ २४ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले गिरीबन्धु सम्बन्धी मुद्दाको फैसला गरेको थियो ।

























