आगलागीबाट लघुवित्तको कार्यालय र ३ घरमा क्षति

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ५, सोमबार ०६:२८

विराटनगर । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा आगलागी भएको छ । आइतबार साँझ भएको आगलागीमा लघुवित्तको कार्यालय रहेकोसहित ३ वटा घरमा क्षति पुगेको छ ।

खान पकाउने क्रममा ग्यास ‘लिक’ भएर पदम राईको भान्छा कोठाबाट साँझ ६ बजेतिर आगलागी सुरु भएको थियो । आगोले राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, ग्यास पसल र निर्धन उत्थान लघुवित्तको कार्यालय एवं आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगो निभाउन पानीको अभाव भएको थियो । हलेसी सुक्खाग्रस्त घोषित क्षेत्र हो । इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईका अनुसार आगलागीबाट २ वटा घर पूर्ण तथा एउटामा आंशिक क्षति पुगेको छ ।

करिब १ करोडभन्दा बढीको क्षति भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा राति करिब ११ बजेतिर आगो नियन्त्रणमा आएको थियो ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.