प्रकृति लम्सालका बुबाले भने, ‘हामीलाई न्याय चाहियो’

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ६, मंगलबार १५:२२

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा मृत भेटिएकी प्रकृति लम्सालका बुबा सुनील लम्सालले आफूहरुलाई न्याय दिनुपर्ने माग गरेका छन् ।

ओडिसा पुगेर प्रहरी अधिकारीहरुसँग भेट गर्दै उनले न्याय माग गरेका हुन् । भारतमै रहेका प्रकृतिका दाइ सिद्धान्तले घटनाबारे छानबिन गर्न माग गर्दै प्रहरीमा हिजो (सोमबार) बिहानै जाहेरी दिइसकेका छन् ।

भारतको समाचार एजेन्जी ‘एएनआई’सँग कुरा गर्दै प्रकृतिका बुवा सुनीलले छोरीमाथि ‘ह्यारेसमेन्ट र ब्ल्याकमेलिङ’ भएको कारणले आत्महत्या गर्ने अवस्था भएको भन्दै न्याय पाउनुपर्ने माग गरे । ‘हाम्रो माग न्याय पाउनुप‍र्यो भन्ने हो । अरु केही होइन’, प्रकृतिका बुवाले भने, ‘विद्यार्थीलाई पहिले आवश्यक परेका बेला बोलाउने । अहिले यस्तो भयो जाउ भन्ने चाहिँ ठिक होइन ।’

कलेजले नेपाली विद्यार्थीमाथि गरेको दमनको उनले विरोधसमेत गरे । यसैबीच, प्रकृतिले प्रयोग गर्ने मोबाइल, ल्यापटप, डायरी लगायत सामग्री प्रहरी अनुसन्धान टोलीमार्फत् फरेन्सिक ल्याबमा परीक्षणका लागि लगिएको जनाइएको छ ।

२० वर्षीया प्रकृति आइतबार अपराह्न होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । त्यही दिन साँझबाट विद्यार्थीहरुले न्यायको माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।

युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि दमन गरेको थियो । यसको नेपाल र भारतका विभिन्न स्थानमा विरोध भइरहेको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.