मोरङको उर्लाबारीबाट अवैध कपडासहित मारुती भ्यान नियन्त्रणमा, चालक पक्राउ

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ६, मंगलबार १८:२०

विराटनगर । तस्करी गरेर ल्याइएको अवैध कपडासहित मारुती भ्यानलाई प्रहरीले मंगलबार दिउँसो मोरङको उर्लाबारीबाट नियन्त्रणमा लिएको छ । भ्यानका चालक पनि पक्राउ परेका छन् ।

गोप्य सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर राकेश यादव नेतृत्वको टोलीले उर्लाबारी नगरपालिका–७ पशुपति मार्ग जाने भित्री बाटोबाट भन्सार छलीका कपडा लोड गरिएको मारुती भ्यानलाई दिउँसो ३ः३० बजेतिर नियन्त्रणमा लिएको हो । प्रदेश ३–०१–०२३ च २४७५ नम्बर भ्यानसहित चालक झापाको भद्रपुर नगरपालिका–६ का २१ वर्षीय सुमन राजवंशीलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मदन केसीले जानकारी दिए ।

उनका अनुसार चालकले भ्यानभित्र राखिएको कपडाको बिल देखाउन सकेनन् । भारतबाट तस्करी गरेर कपडा नेपाल भित्राइएकाले बिल देखाउन नसकेको प्रहरीको भनाइ छ । डीएसपी केसीका अनुसार भ्यानभित्रबाट ५ लाख ५० हजार मूल्य बराबरको विभिन्न प्रकारका कपडा बरामद भएको छ ।

बरामद गरिएको कपडा, नियन्त्रणमा लिइएको भ्यान र पक्राउ परेका चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ । आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइने जानकारी केसीले दिए ।

प्रहरीले कपडाबाहेक भ्यानको मात्रै ८ लाख बराबरको मूल्यांकन गरेको छ । भारतबाट तस्करी गरेर ल्याइएको कपडा र भ्यानसहित १३ लाख ५० हजार बराबरको मूल्यांकन गरेर भन्सार बुझाउने तयारी प्रहरीले गरेको हो ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.