मुलुकका केही स्थानमा हिमपातको सम्भावना

Share this
769shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ७, बुधबार ०६:४८

काठमाडौं । मुलुकका केही स्थानमा आज (बुधबार) हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले देशका उच्च पहाडी एवं हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ ।

मुलुकमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै छ । जसका कारण हिमपातको सम्भावना रहेको हो । आज बिहान कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

तराईका केही स्थानमा बिहानैबाट सामान्य हुस्सु र कुहिरो लागेको छ । दिउँसो मौसममा आंशिक बदली हुनसक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ७ वटै प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको हो ।

मधेश र लुम्बिनी प्रदेशबाहेक ५ वटा प्रदेशमा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा स्थानमा हल्का हिमपातको सम्भावना रहेको हो ।

भोलि (बिहीबार) भने मुलुकका विभिन्न स्थानमा वर्षा सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेशबाहेक ६ वटा प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । ६ वटा प्रदेशमा हल्का वर्षा हुनसक्ने पूर्वानुमान गरिएको हो ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.