काँकडभिट्टाबाट फर्किए केआईआईटीका १६ विद्यार्थी, विराटनगरबाट ३ जना

Share this
644shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ७, बुधबार १४:०५

विराटनगर । झापाको काँकडभिट्टा नाकाबाट भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयबाट निकालिएका मध्ये १६ जना नेपाली विद्यार्थी घर फर्किएका छन् । उनीहरू आज (बुधबार) बिहानको राति १ बजेतिर फर्किएका हुन् । विराटनगर नाकाबाट हिजै ३ जना स्वदेश फर्किएका थिए ।

केआईआइटी होस्टेलमा बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्युपछि उत्पन्न परिस्थिति असहज बनेसँगै उनीहरू स्वदेश फर्किएका हुन् ।

प्रहरीका अनुसार सप्तरी राजविराज–२ तित्रीगाछीका आरती रोही, सालिमी दास, रिसक सिंह,आयुष राज, प्रजित यादव, कृष दास, राकेश साह,नवीन मण्डल, र सुनसरी इनरुवा –१ का ओमप्रसाद पोद्धार, विराटनगर–१२ का आदित्य मिश्र, कास्की पोखराका सुलभ पौडेल,आयुष अधिकारी, काठमाडौं–१० पुरानो बानेश्वरका समिम पौडेल, ललितपुर महालक्ष्मी–४ हात्तीबनका आकाश शाह, काठमाडौं–१३ ताहाचलका पीयूष शाह र काठमाडौं गोकर्णेश्वर– ७ का विकेश श्रेष्ठ फर्किएका हुन् । विराटनगरकाे रानी नाकाबाट पनि ३ जना विद्यार्थी फर्किएको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.