
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।
बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
‘तपाईंलाई पदबाट किन नहटाउने’? भनेर तीन दिने स्पष्टीकरण सोध्ने निर्णय भएको मन्त्रिपरिषद् स्रोतले बताएको छ ।
घिसिङसँग मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौता अनुसार भदौं महिनाभित्र मन्त्रालयको समितिमार्फत कार्यसम्पादन मूल्यांकन गराइसक्नुपर्नेमा त्यसका लागि
उनले आवश्यक विवरण बुझाएका थिएनन् ।

























