
विराटनगर । झापाको चन्द्रगढी विमानस्थलबाट बोधिचित्तसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काभ्रेपलाञ्चोक घर भइ काठमाडौं महानगरपालिका–६ बौद्धमा बस्दै आएका ५२ वर्षीय सानुबाबु तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी चन्द्रगढी विमानस्थलबाट बिहीबार राति काठमाडौं जान खोज्दै थिए ।
तामाङलाई चेकजाँचका क्रममा राति ८ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले बोकेको झोला चेकजाँच गर्दा बोधिचित्तका १ सय १० वटा माला र १५ किलोग्राम बोधिचित्त बरामद भएको प्रहरुीको भनाइ छ ।
प्रहरीका अनुसार बरामद भएको बोधिचित्तको आवश्यक कागजात छैन । बरामद भएको बोधिचित्तसहित तामाङलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि डिभिजन वन कार्यालय झापाको जिम्मा लगाइएको प्रहरीको भनाइ छ ।

























