सर्वाेच्च अदालतबाट हुन्छ सरदर दैनिक ४२ मुद्दाकाे फैसला

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फाल्गुन २९, बिहीबार १६:०२

विराटनगर । सर्वाेच्च अदालतले दैनिक सरदर ४२ वटा मुद्दा फैसला गर्ने गरेकाे छ । सर्वाेच्च अदालतले सार्वजनिक गरेकाे वार्षीक प्रतिवेदन अनुसार गतवर्ष १५ हजार ५२१ मुद्दा फछ्यौट गरेकाे थियाे । जुन दैनिक सरदर ४२ भन्दा थाेरै बढी हाे ।

गत वर्ष २०८०/०८१ मा सर्वोच्च अदालतमा जिम्मेवारी सरेको मुद्दा, रिट र निवेदनको संख्या २८ हजार ४३२ थियो । गत वर्ष १२ हजार ८१७ नयाँ दर्ता भएका थिए

Advertisement

जम्मा ४१ हजार २४९ मुद्दा मध्ये सर्वोच्चले १५ हजार ५२१ मुद्दा फछ्यौट गरेकाे थियाे । जुन  ३७‍‍.३७ प्रतिशत हाे । २५ हजार ७२८  मुद्दा चालु आर्थिक वर्षका लागि दायित्व सरेको छ । 

सर्वोच्च अदालतसहित जिल्ला अदालत, उच्च अदालत र न्यायाधिकरणहरूले गत वर्ष  २ लाख २६ हजार १८५ मुद्दा फछर्यौट गरेको  थिए ।  आर्थिक वर्ष २०८०/०८१ मा दर्ता भएको र दायित्व सरेर आएका ३ लाख ८८ हजार ३५७ मुद्दामध्ये २ लाख २६ हजार १८५ मुद्दा फछर्यौट गरेको हो । जुन कुल लगतको ५८.२४ प्रतिशत हो ।

प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०७९ / ८० बाट जिम्मेवारी सरेका १ लाख ६० हजार ३९५ मुद्दा थिए । गत वर्ष २ लाख २७ हजार ९६२ नयाँ दर्ता भएका थिए ।  जस मध्ये १ लाख ६२ हजार १७२ मुद्दा चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेका थिए ।

तपाइको प्रतिक्रिया
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
यी हुन् उम्मेदवारी फिर्ता लिनेहरु (सूचीसहित)
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
‘हकदैया–हदम्यादमा प्रारम्भिक आदेश अन्तिम हुँदैन, प्रमाणले फेरबदल गर्न सक्छ’
झापा ५ मा ओलीको चुनाव परिचालन समिति गठन, देवेन्द्र दाहाल संयोजक
सरकारले उद्योग लगानी सीमा खुकुलो पार्ने (मन्त्रिपरिषद्का निर्णयसहित)
‘देश अझै संकटमा, दुर्घटना टरिसकेको छैन’
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङमा ६ जनाको उम्मेदवारी फिर्ता, चुनावी प्रतिस्पर्धामा ११० जना
बदलिएको कांग्रेस, प्रधानमन्त्रीका दाबेदार गगन थापा
महावीरको चुनाव चिह्न ‘त्रिभुज’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.