विराटनगर । सर्वाेच्च अदालतले दैनिक सरदर ४२ वटा मुद्दा फैसला गर्ने गरेकाे छ । सर्वाेच्च अदालतले सार्वजनिक गरेकाे वार्षीक प्रतिवेदन अनुसार गतवर्ष १५ हजार ५२१ मुद्दा फछ्यौट गरेकाे थियाे । जुन दैनिक सरदर ४२ भन्दा थाेरै बढी हाे ।
गत वर्ष २०८०/०८१ मा सर्वोच्च अदालतमा जिम्मेवारी सरेको मुद्दा, रिट र निवेदनको संख्या २८ हजार ४३२ थियो । गत वर्ष १२ हजार ८१७ नयाँ दर्ता भएका थिए ।
जम्मा ४१ हजार २४९ मुद्दा मध्ये सर्वोच्चले १५ हजार ५२१ मुद्दा फछ्यौट गरेकाे थियाे । जुन ३७.३७ प्रतिशत हाे । २५ हजार ७२८ मुद्दा चालु आर्थिक वर्षका लागि दायित्व सरेको छ ।
सर्वोच्च अदालतसहित जिल्ला अदालत, उच्च अदालत र न्यायाधिकरणहरूले गत वर्ष २ लाख २६ हजार १८५ मुद्दा फछर्यौट गरेको थिए । आर्थिक वर्ष २०८०/०८१ मा दर्ता भएको र दायित्व सरेर आएका ३ लाख ८८ हजार ३५७ मुद्दामध्ये २ लाख २६ हजार १८५ मुद्दा फछर्यौट गरेको हो । जुन कुल लगतको ५८.२४ प्रतिशत हो ।
प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०७९ / ८० बाट जिम्मेवारी सरेका १ लाख ६० हजार ३९५ मुद्दा थिए । गत वर्ष २ लाख २७ हजार ९६२ नयाँ दर्ता भएका थिए । जस मध्ये १ लाख ६२ हजार १७२ मुद्दा चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेका थिए ।