
विराटनगर । मोरङको धनपालथान गाउँपालिका – ७ कदमा गाउँमा भएको भीषण आगलागीमा परी एक बालिकाको निधन भएको छ ।
४ वर्षीय छोरी रेश्मा खातुनको मृत्यु भएकाे हाे । आगलागीका कारण हाल सम्म ८ घर जलेर नष्ट भइसकेका छन् । चर्को घाम लागेको र हावा चलेका कारण आगलागी नियन्त्रणमा समस्या भएको मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।
अहिले नेपाली सेना, प्रहरी, स्थानीय र दमकलको सहायतामा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
आगलागी कहाँबाट, के कारणले सुरु भयो भन्ने पनि नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नजिक नजिक रहेका सबै घर जलेकाले अब ८ घर भन्दा बढी घर जल्ने सम्भावना नरहेको घटनास्थलमा रहेको प्रहरीले जनाएको छ ।
*धनपालथानमा भएको आगलागी र मृत्यु सम्बन्धि यस अघि प्रकाशित समाचारमा एक बालिकाको निधन भएको हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । – सम्पादक



























