
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ कदमा मुस्लिम टोलमा भएको आगलागीमा निधन भएकी बालिकाको परिचय खुलेको छ ।
उक्त घटनामा स्थानीय अनित मियाकी ४ वर्षीय छोरी रेश्मा खातुनको जलेर निधन भएको रहेको प्रहरीले जनाएको छ । आगलागीमा एक बालिकाको निधन भएको थियो । एक जना बेपत्ता थिए ।
आगलागी विद्युत् सर्ट भइ भएको भन्ने सूचना पाउन साथ प्रहरी घटनास्थल पुगेको थियो । तर, अत्याधिक घाम, र हावाका कारण आगो नियन्त्रणमा समस्या हुँदा उक्त टोलका ८ घर जलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
आगो करिब १२ः३० बजेबाट सुरु भएको थियो । आगलागी नियन्त्रणमा लिन स्थानीय, प्रहरी, रंगेली नगरपालिका, कानेपोखरी गाउँपालिका, बेलबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका र विराटनगर महानगरपालिकाका ५ वटा दमकल घटनास्थल पुगेका थिए ।
अहिले घटना स्थलमा मोरङका प्रमुख जिल्ला अधिकारीसहितको टोली पनि पुगेको छ भने केही समय अघि नेपाली सेनाको टोली पनि पुगेर आगो नियन्त्रणमा खटिएको छ ।
*धनपालथानमा भएको आगलागी र मृत्यु सम्बन्धि यस अघि प्रकाशित समाचारमा एक बालिकाको निधन भएको हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । – सम्पादक
याे पनि पढ्नुहाेस् ।
मोरङको धनपालथानमा भीषण आगलागी, २ बालबालिकाकाे मृत्यु, ८ घर जले























