सिराहाका सीडीओ गृह मन्त्रालय किन तानिए ?

Share this
645shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ८, शुक्रबार ११:५१

काठमाडौं । सिराहाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ।

गृह मन्त्रालयले सोमबार दाहाललाई फिर्ता बोलाउँदै उनको स्थानमा दुई दिनअघि कपिलवस्तुबाट मन्त्रालय सरुवा गरिएका विश्व प्रकाश अर्याललाई पठाएको छ।

मन्त्रालयले अर्याललाई गृह ल्याउँदै उनको ठाउँमा दिल कुमार तामाङलाई पदस्थापन गरिएको थियो।

गृह प्रशासन स्रोतका अनुसार, सिराहामा दलित समुदायको घर भत्काइएको घटनाको व्यवस्थापन गर्न नसकेको भन्दै प्रजिअलाई मन्त्रालय तानिएको हो।

‘स्थानीय तहसँग कुनै समन्वय नगरेको र मन्त्रालयलाई पनि जानकारी नगराएको पाइएपछि प्रजिअलाई फिर्ता बोलाइएको छ,’ स्रोतले भन्यो।

सीडीओ जिल्ला प्रहरी प्रमुखलाई पनि फिर्ता बोलाउने तयारी भइरहेको मन्त्रालय प्रशासन स्रोतले जनाएको छ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.