
विराटनगर । धनुषामा भन्सार छलीको सामान नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।
धनुषाको मुखियापट्टि मुसर्निया गाउँपालिका–६ धनुषामा भन्सार छलीको सामान ल्याउनेहरूले प्रहरीमाथि नै आक्रमण प्रयास गरेपछि १ राउन्ड हवाइ फायर गरेको धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले बताए ।
स्थानीय भजु यादवको घरबाट प्रहरीले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा आक्रमण प्रयास भएको थियो । त्यसपछि प्रहरीले आत्मरक्षाको लागि एक राउन्ड हवाई फायर गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले बताए ।
हवाई फायरपछि तस्करहरू भागेको र घरबाट १४ बोरा भन्सार छलीका सामान बरामद गरिएको उनले बताए ।

























