कोमात्सुको ‘पीसी २०५–१० एमजिरो’ मोडलको एक्स्काभेटर बजारमा

Share this
591shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ९, शनिबार १२:४१

विराटनगर । नेपालका लागि कोमात्सु हेभी इक्विप्मेन्टको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज र राउत कन्ट्रक्सन सर्भिसेजले अत्याधुनिक स्याटेलाइट मोनिटरिङ प्रणालीसहितको पीसी २०५–१० एमजिरो मोडलको एक्स्काभेटर सार्वजनिक गरेको छ ।

मोरङको विराट चोकमा एक कार्यक्रमकाबीच निर्माण क्षेत्रमा प्रयोग हुने विभिन्न हेभी इक्विप्मेन्टअन्तर्गत कोमात्सु कम्पनीको नयाँ मोडलको एक्स्काभेटर औपचारिक रुपमा सार्वजनिक गरिएको हो । 

नयाँ मोडलका एक्स्काभेटरले इन्धन खपतमा किफायती र उच्चतम् कार्य क्षमताको भएको कम्पनीले जनाएको छ । 

कन्टिनेन्टल ट्रेडिङका कार्यकारी निर्देशक टंकप्रसाद भट्टका अनुसार कोमात्सु पीसी २०५–१० एमजिरो बलियो, इन्धन खपत कम गर्ने र नेपालको जुनसुकै भूगोलका लागि सुहाउँदो हाइड्रोलिक उत्खननर्ता एक्स्काभेटर भएको जानकारी दिए ।

यी मेसिनहरू नेपालको निर्माण क्षेत्रको आवश्यकता पूरा गर्ने गरी नयाँ डिजाइन गरिएको उनले बताए । 

मेसिनको सुरुको लागत र त्यसपछिको सञ्चालन खर्च पनि किफायती रहेको कम्पनीको भनाइ छ । नेपालको पूर्वाधार क्षेत्रमा जुनसुकै भूगोलमा पनि यो उपकरण बरदान सावित हुने कम्पनीको दाबी छ । 

कोमात्सु हेभी इक्विप्मेन्ट श्रेणीमा विश्वभर ख्याति कमाएको जापानिज कम्पनी हो । यो कम्पनीले भारतसहित दक्षिण एसियाली मुलुकको निर्माण क्षेत्रको आवश्यकता पूरा गर्नका लागि चेन्नईमा एसेम्बल प्लान्ट राखेको छ । 

जसले गर्दा लामो दुरीको ढुवानी खर्च कम भई मेसिनको डेलिभरीसमेत छिटो हुने गरेको कम्पनीले जनाएको छ । मुख्य इन्जिन भने प्यारेन्ट कम्पनीबाटै आउने भएकाले संसारभरि नै कोमात्सु कम्पनीका हेभी इक्विप्मेन्टका उपकरणहरूको गुणस्तरीय समान हुने कम्पनीले दाबी गरेको छ । 

सार्वजनिक गरिएको नया“ उपकरण पीसी २०५–१० एमजिरो मोडलको एक्स्काभेटर नेपाली सडकको औसत क्षमताअनुसार २१ टनको हो ।

यो उपकरण हेभी ड्युटीको जुनसुकै काममा प्रयोग गर्न सकिने कन्टिनेन्टल ट्रेडिङका कार्यकारी निर्देशक भट्टले बताए ।

कार्यक्रममा कन्टिनेन्टल ट्रेडिङका अध्यक्ष सुहृदयराज घिमिरे र राउत कन्ट्रक्सन सर्भिसेजका अध्यक्ष राजेन्द्र राउतलगायत पूर्वाधार तथा निर्माण क्षेत्रमा कार्यरत विभिन्न व्यवसायीहरूको सहभागिता रहेको थियो । 

हेभी इक्विप्मेन्टतर्फ कोसी तथा मधेस प्रदेशमा ख्याति जमाएको मोरङस्थित राउत कन्ट्रक्सन सर्भिसेजले २१ वर्षदेखि कोमात्सु कम्पनीको हेभी इक्विप्मेन्ट उपकरणहरूको बिक्री तथा सर्भिसिङ सेवा दिँदै आएको कम्पनीले जनाएको छ । 

 

तपाइको प्रतिक्रिया
गौरको कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.