
विराटनगर । खोटाङमा चट्याङले लागेर महिलाको मृत्यु भएको छ ।
केपिलासगढी गाउँपालिका–७ छिम्ते डाँडाको गुल्टेनमा वर्षासँगै परेको चट्याङले लागेर आज (शनिबार) बिहानका राति ४५ वर्षीय दिलकुमारी राईको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चट्याङले लागेर राईको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय बाक्सिलाबाट टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

























