
विराटनगर । मोरङको कटहरीमा स्कुल बस दुर्घटना हुँदा १९ जना विद्यार्थी घाइते भएका छन् ।
आइतबार बिहान सवा ११ बजे कटहरी ३ मा रहेको सु–प्रभा अंग्रेजी स्कुलको बस दुर्घटना हुँदा १९ जना विद्यार्थी घाइते भएका हुन् ।
घाइतेलाई उपचारका लागि कोशी अस्पताल विराटनगर भर्ना गरिएको छ । सबैकाे अवस्था सामान्य छ ।
मोरङ प्रहरीका अनुसार विद्यार्थी लिनका लागि जहदा गाउँपालिका– ४ पुगेर स्कुल तर्फ फर्कने क्रममा अनियन्त्रित भइ बस पल्टिएको थियो ।

























