
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज (बिहीबार) भारी वृद्धि देखिएको छ । आज सुन १ हजार ३ सय रुपैयाँ बढेर कारोबार हुँदैछ ।
स्थानीय बजारमा सुन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जानकारी दिएको छ ।
बुधबार सोही परिमाणको सुन १ लाख ७३ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै चाँदी पनि ३० रुपैयाँ बढेर २ हजार २० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।

























