
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मूल्य अहिलेसम्मकै उच्च भएको हो ।
सुनको भाउ आज (शुक्रबार) प्रतितोला १ हजार ४ सय रूपैयाँले बढेको छ । वृद्धि भएको मूल्य पछिल्लो साताकै अत्यधिक हो ।
भाउ बढेसँगै सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार २ सय रूपैयाँ पुगेको छ । बिहीबार १ लाख ७४ हजार ८ सय रूपैयाँ प्रतितोला थियो ।
चाँदीको मूल्य पनि बढेको छ । मूल्य प्रतितोला २० रूपैयाँ बढेको हो । भाउ बढेसँगै चाँदी प्रतितोला २ हजार ४० रूपैयाँ पुगेको छ ।

























