सुनसरीबाट अपहरणमा परेकी बालिकाको सकुशल उद्दार

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २१, बिहीबार १६:०७

विराटनगर । सुनसरीको कोशी गाउँपालिका– ७ मुसहरी टोलबाट अपहरणमा परेकी ७ वर्षीय बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

अपहरणमा संलग्न भएको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार घरअगाडि खेलीरहेका बेला कुशेश्वर सदाकी ७ वर्षीया छोरी ईशु सदा बुधबार दिउँसो करिब साढे १ बजेतिर अपहरणमा परेकी थिइन् ।

प्रहरीलाई प्राप्त जानकारी अनुसार १ जना व्यक्तिले बालिकालाई सीटी सफारीमा राखेर लगेका थिए । घटनाको जानकारी पाउनसाथ सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले अनुसन्धान एवं अपहरणमा परेकी बालिकाको खोजीका लागि डीएसपी योगराज खतिवडाको नेतृत्वमा टोली परिचालन गरेका थिए ।

डीएसपी खतिवडा नेतृत्वको टोली अपहरणमा परेको २४ घण्टाभित्रै बालिकाको उद्धार गर्न सफल भएको छ । बालिकाको उद्धार गरेर उनलाई लिएर जाने सप्तरीको कन्चनरुप नगरपालिका– १२ धरमपुरका ३१ वर्षीय जितुवा भनिने जितेन्द्र साह (हलुवाई)लाई पक्राउ गरिएको डीएसपी खतिवडाले बताए ।

उनका अनुसार बालिकाको खोजी गर्ने क्रममा बिहीबार दिउँसो सप्तकोशी नदीको पुलको २६ नम्बर ढोकामा फेला पारिएको हो । बालिकालाई भारततर्फ लगेको आशंकामा प्रहरीले भारतीय प्रहरीसँग पनि समन्वय गरेको थियो ।

खोजी गर्ने क्रममा बिहीबार दिउँसो सुनसरीको कोशी गाउँपालिका–८ स्थित सप्तकोशी नदीको पुलमा भेटिएपछि साहलाई पक्राउ गरी बालिकाको उद्दार गरिएको डीएसपी खतिवडाले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

कोशी गाउँपालिका– ७ का वडा अध्यक्ष लालदेव सदाका अनुसार बालिकालाई सीटी सफारीमा लिएर जाने व्यक्ति बेला–बेला गाउँमा आउँथे । बुधबार घरमा कोही नभएको मौकामा बालिकालाई लिएर गएको उनले बताए ।

उनका अनुसार साहले बालिकालाई बुधबार सप्तरीको राजविराजमा राखेको पाइएको छ । बिहीबार भने कोशी पुलमा फेला पारिएको प्रहरीको भनाइ छ ।

बालिकालाई किन अपहरण गरिएको हो भनेर यकिन भइसकेको छैन । प्रहरीले घटनाको अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.