फाइल फाेटाेविराटनगर । प्रहरीले मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकामा रहेका दुई घरबाट ठूलो परिणाममा गाँजा बरामद गरेको छ ।
भारत निकासीका लागि घरमा लुकाएर राखेको अवस्थामा जहदा– ७ का मुसहरी टोलका २७ वर्षीय उमेश कामत र जहदा गाउँपालिका– ५ का ३३ वर्षीय अरबिन साहको घरमा गाँजा बरामद गरेको हो ।
दुवै घरबाट भारतीय सीमा नजिकै छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीका अनुसार कामतको घरमा प्लाष्टिकको बोरामा प्याक गरिएको अवस्थामा ३४ पोका गाँजा बरामद भएको छ । यो गाँजा तौल भएको छैन ।
साहको घरमा भने १४ किलो गाँजा बरामद भएको छ । प्रहरीले दुवै जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
धनकुटासहित पहाडी जिल्लामा उत्पादन हुने गाँजा मोरङ सुनसरीको हुँदै अबैध बाटोबाट भारतीय बजारसम्म पुग्ने गरेको छ ।

























