अन्तर्राष्ट्रिय ब्रान्डको आइसक्रिम ‘क्वालिटी’ विराटनगरमा 

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २२, शुक्रबार २०:४४

विराटनगर । अन्तर्राष्ट्रिय ब्रान्डको आइसक्रिम ‘क्वालिटी’ को बिक्री कक्ष ( आइसक्रिम पार्लर ) विराटनगरमा शुक्रबारदेखि सुरु भएको छ ।  

विराटनगरको सेन्टर मलमा शुक्रबारदेखि औपचारिक रुपमा ‘टेस्ट अफ दुबई’का साथै दुबईको लोकप्रिय आइसक्रिम ‘क्वालिटी’ को बिक्री सुरुवात गरेको तसनिम कर्प प्रालिका आमिर अख्तरले जानकारी दिए ।

उनका अनुसार दुबईमा एकदमै लोकप्रिय रहेको आइसक्रिममध्ये ‘क्वालिटी’ एक हो । काठमाडौंपछि विराटनगरमा आइसक्रिमको बिक्री सुरु भएको हो । 

‘क्वालिटी’ आइसक्रिमको नेपालका लागि आधिकारिक बिक्रेता सन इन्टरनेसनल इनकर्पोरेटेड प्रालि (ज्योति समूह) बाट कोशी प्रदेशका लागि तसनिम कर्पले बिक्री गर्न पहिलो पटक विराटनगरमा ल्याएको बताइएको छ ।

दुबईमा ५० वर्षदेखि बिक्री भइरहेको ‘क्वालिटी’ आइसक्रिम कोशी प्रदेशमा पहिलो पटक विराटनगरको २ स्थानमा यसको स्वाद चाख्न पाइने भएको छ ।

कोशी प्रदेशको मुख्य बजारहरूमा विस्तार गर्दै लैजाने क्रममा विराटनगरपछि इटहरीमा चाँडै बिक्री कक्ष खोल्ने तयारी रहेको अख्तरले बताए । 

दुबईमा उत्पादन गरिएको ‘क्वालिटी’ आइसक्रिम गाईको दूधबाट बनाइएको र १० फरक स्वादमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

तपाइको प्रतिक्रिया
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.