
काठमाडौं । सहिद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति करांते प्रतियोगिता सोमबारदेखि ललितपुरमा हुने भएको छ ।
नेपाल सितोरियो कराते डो संघ र प्रयोगपोखरी डोजोको आयोजनामा सोमबारदेखि हुने सहिद स्मृति प्रतियोगितामा करिब ६ सय खेलाडीको सहभागिता रहने प्रतियोगिताका संयोजक गोपाल महर्जनले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा पुरुष / महिलमा एकल काता र कुमुतेमा समान ११ / ११ गरी २२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोकको ३५ टिमको सहभागिता रहेको आयोजक डोजोका प्रशिक्षक विकास महर्जनले जानकारी गराए ।
प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।



















