
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ को खेल हेर्नका लागि फिफा विश्वकप फुटबल विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आउने भएका छन् ।
एनएसएलका आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेज्मेन्ट (एनएसइएम) ले
रोबर्टव कार्लोस नेपाल आउने बताएको हो । शनिबार ललितपुर सिटी एफसी र धनगढी एफसीबीचको खेलको हाफ टाइममा कार्लोस नेपाल आउने घोषणा गरेको गरिएको हो ।
फ्रिकिकमा लागि चर्चित रोबर्टो कार्लोस विश्वकै उत्कृष्ट डिफेण्डरमध्ये एक हुन् ।
५१ वर्षिय कार्लोसले सन् १९९२ देखि २००६ सम्म ब्राजिलका लागि फुटबल खेलेका थिए । उनले सन् २००२ को विश्वकप जितेका थिए । ब्राजिलका लागि उनले १२५ खेल खेल्दा १० गोल गरेका थिए ।



















