
काठमाडौं । अर्घाखाँचीको मालारानीमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा भएको दुर्घटनामा २ जना घाइते भएका छन् ।
लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको ‘सिङ्गल क्याब जिप’ अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय खनबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनी नेतृत्वको टोली पुगेर घाइतेहरुको उद्धार गरेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक दिलिप खनाल र बालकृष्ण रिजाललाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा आज आइतबार बिहान ५:५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
घाइतेहरुलाई थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

























