इण्डो–नेपाल क्रिकेट : पटना र सिराहा क्वाटर फाइनलमा 

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २४, आइतबार १९:३५

विराटनगर । विराटनगरमा जारी चौथो मिल्स कप इण्डो–नेपाल टी २० क्रिकेट प्रतियोगिताको दोस्रो दिन भारत पटनाको फार्मेन्स क्रिकेट एकेडेमी र सिराहा जिल्ला क्रिकेट क्लब विजयी हुँदै क्वाटर फाइनलमा पुगेका छन् ।

प्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो खेलमा पटनाले दिल्ली यूथ क्लबलाई ८ विकेटले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेका छ ।

टस जितेर पहिलो ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै १ सय ६७ रन बनायो । रोहन महालदनले ४१ रन, रोहन कुमारले २२ रन र सुजित कुमारले २१ रन, आदर्श सिन्हाले १७ रन र लला आलमले १५ रन बनाए ।

बलिङमा पटनाका शशि आनन्दले ३ विकेट लिए भने रिसब राकेश र नन्द किशोरले समान २–२ विकेट लिए ।

१ सय ६८ रनको लक्ष्य पाएको पटनाले १२ ओभर १ बल खेल्दै २ विकेटको क्षतिमा विजयी हासिल गर्यो । कुमार श्रेयले १ सय ८ रनको योगदान गरे भने अनुज रञ्जनले २७ रन, रिशन राकेशले १८ रन र गोलु मिश्राले १२ रन बनाए ।

बलिङमा दिल्लीका साहिल अन्सारी र नितेश चौधरीले समान १–१ विकेट लिएका थिए । प्लेयर अफ द म्याच कुमार श्रेयले ३ हजार रुपैयाँ प्राप्त गरे ।

त्यस्तै, दोस्रो खेलमा सिराहाले भारत पूर्णियाको डिजायर क्रिकेट क्लबलाई ७ विकेटले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको पूर्णियाले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय २५ रनको योगफल बनायो । रिजक कुमारले २४ रन र शाकुलेनले २० रन बनाए । बलिङमा सिराहाका फतेह सिद्धिकी र चन्दन यादवले समान ३–३ विकेट लिए ।

पूर्णियाले दिएको १ सय २६ रनको लक्ष्य सिराहाले १३ ओभर ५ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो । दीपेश दासले ४४ रन, राकेश कामतले २१ रन र विजय थक्राजले  १६ रनको योगदान गरे ।

बलिङमा पूर्णियाका अमन अनिरले २ विकेट र एमडीले १ विकेट लिए । फतेह सिद्धिकी खेलको प्लेयर अफ द म्याच हुँदै ३ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत सोमबार भारतको विहार क्रिकेट क्लब र विहारको फारविजगञ्जको मुन क्रिकेट क्लबबीच हुनेछ ।

तपाइको प्रतिक्रिया
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.