इन्डो नेपाल क्रिकेट : पटना सेमिफाइनलमा 

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २५, सोमबार १९:५८

विराटनगर । भारत पटनाको हाइपर फार्मेन्स क्रिकेट एकेडेमी विजयी हुँदै चौथो मिल्स कप इण्डो–नेपाल टी २० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

प्रतियोगिताअन्तर्गत सोमबार विराटनगरको जुट मिल खेल मैदानमा भएको खेलमा पटनाले झापा क्रिकेट क्लबलाई ७ विकेटले हराउँदै अन्तिम ४ मा स्थान पक्का गरेको हो ।

टस जितेर पहिलो ब्याटिङ थालेको झापाले १८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३७ रन बनायो । अंकित सुवेदीले २७ रन, भूपाल दंगालले २६ रन र समीर कार्कीले १९ रन, आशिष राना मगरले १६ रन र भूपेश गौतमले ११ रनको योगदान गरे ।

बलिङमा पटनाका रिहान दास गुप्ता र मनमोहनले समान ३–३ विकेट लिए ।

पटनाले १ सय ३८ रनको विजय लक्ष्य पछ्याउने क्रममा १७ ओभर २ बल खेल्दै ३ विकेटको क्षतिमा पूरा गर्‍यो । सुदर्शन सिंहले ८३ रन, अनुज रञ्जनले ३७ रन र कुमार श्रेयले १३ रनको योगदान दिए ।

बलिङमा झापाका ज्ञानु श्रेष्ठले २ विकेट र सिद्धार्थ कुमारले १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच सुदर्शन सिंहले ३ हजार रुपैयाँ प्राप्त गरे ।

त्यस्तै, अर्को खेलमा भारतको सुपोल क्रिकेट क्लब (मुन) ले विहार ११ लाई १ सय २१ रनको फराकिलो स्कोरमा पराजित गर्दै क्वाटर फाइनलमा पुगेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको सुपोलले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ६ रन बनायो । ऋतु कुमारले ५९ रन, एमडी अमनले ५३ रन बनाए ।

बलिङमा विहार ११ का प्रितम राज २ विकेट, पंकज कुमार र आदित्य कुमारले समान १–१ विकेट लिए ।

२ सय ७ रनको लक्ष्य पछ्याएको विहारले १३ ओभरमै अलआउट हुँदै ८५ रनमै समेटियो । विहारका आयुष सिंहले २९ रन र यश राजले १९ रन बनाए ।

बलिङमा सुपोलका प्रेम कुमारले ६ विकेट लिएर  प्लेयर अफ द म्याच हुँदै ३ हजार प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेल आयोजक मिल्स क्रिकेट क्लब र होराइजन क्रिकेट तथा दोस्रो खेलमा विराटनगरको सिद्धार्थ स्पोर्टिङ क्लब (एनबीएससी) र विहारको सुपोल क्रिकेट क्लब (मुन) बीच प्रतिस्पर्धा हुनेछ ।

तपाइको प्रतिक्रिया
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.