नेपाल र भारतको सर्वाेच्च अदालतबीच सहकार्यको सम्झौता

Share this
664shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २५, सोमबार २२:०५

काठमाडौं । नेपाल र भारतको सर्वोच्च अदालतबीच सहकार्यको सम्झौता भएको छ । भारतको सर्वोच्च अदालत र नेपालको सर्वोच्च अदालतबीच २ देशको न्यायिक सहयोगको विकास, प्रवर्द्धन र सुदृढीकरण गर्नका लागि समझदारी भएको हो ।

नेपालका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र भारतका प्रधानन्यायाधीश संजीव खन्नाको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो । २ देश र उनीहरूका जनताबीच रहेको सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धबाट प्रेरित हुँदै यस समझदारी पत्रले २ देशका न्यायपालिकाहरूबीचको सहयोगको विकास, प्रवर्द्धन र सुदृढीकरण गर्ने लक्ष्य राखेको छ ।

समझदारी पत्रले कानुन र न्यायको क्षेत्रमा भएका पछिल्ला विकासहरूको बारेमा पारस्परिक जानकारीको आदानप्रदानलाई प्रोत्साहन गर्नुका साथै भ्रमणको आदानप्रदान, अल्पकालीन तथा दीर्घकालीन तालिम र शैक्षिक कार्यक्रमहरू जस्ता कार्यक्रमहरू मार्फत न्यायपालिकाका विभिन्न तहका न्यायाधीशहरू र अधिकारीहरूबीच अन्तरक्रियालाई पनि प्रवर्द्धन गर्नेछ ।

न्यायिक सहयोगलाई प्रवर्द्धन र थप सुदृढीकरण गर्न तथा यसका लागि योजना र ढाँचा तयार गर्न २ न्यायपालिकाका अधिकारीहरू सम्मिलित १ संयुक्त कार्यदल गठन गरिने समझदारी पत्रमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.