
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य यथावत रहेको छ ।
मूल्य घटेसँगै सुन प्रतितोला १ लाख ७३ हजार ४ सय रूपैयाँमा किनबेच भइरहेको छ । सोमबार १ लाख ७३ हजार ८ सय रूपैयाँ थियो । तोलाको ४ सय रूपैयाँले मूल्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । भाउ स्थिर हुँदा मंगलबार पनि त्यही मूल्यमा कारोबार भइरहेको छ ।

























