मोरङ, सुनसरी र झापाबाट लागुऔषधसहित ८ जना पक्राउ

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २६, मंगलबार १३:०७
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । लागुऔषधसहित कोशीका तीन जिल्लाबाट ८ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार मोरङ, झापा र सुनसरीबाट उनीहरु पक्राउ परेका हुन् ।

विराटनगर महानगरपालिका–१५ बाट लागूऔषध नियन्त्रण ब्युरोको टोलीले मोरङको बेलबारी नगरपालिका–८ का २८ वर्षीय मिलन थापा र ३९ वर्षीय केशरकुमार मगरलाई पक्राउ गरेको हो ।

यस्तै, झापाको गौरादह नगरपालिका–४ का २३ वर्षीय उमेश गिरीलाई ब्राउन सुगरसहित पक्राउ गरिएको हो । उक्त पदार्थ बेच्ने स्थानीय २४ वर्षीय मनोज भारती पनि पक्राउ परेका छन् ।

मोरङको केराबारी गाउँपालिका–१० का ३१ वर्षीय तेजबहादुर तामाङ र केराबारी–७ की २७ वर्षीया फुलमाया लिम्बुलाई प्रहरीले १.८८ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उता, सुनसरीको लौकहीमा मकवानपुरको हेटौंडा–११ का ३२ वर्षीय राजेश लामा र २१ वर्षीय समिर क्षेत्र पक्राउ परेका छन् । उनीहरुको साथबाट पनि प्रहरीले १.४७ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान र कारबाही अघि बढाइएको विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.