इन्डो–नेपाल क्रिकेट : होराइजन र एनबीएससी सेमिफाइनलमा

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २६, मंगलबार २०:१०

विराटनगर । विराटनगरमा जारी चौथो मिल्स कप इण्डो–नेपाल टी २० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा विराटनगरको होराइजन क्रिकेट क्लब र सिद्धार्थ स्पोर्टिङ क्लब (एनबीएससी) पुगेको छ ।

प्रतियोगिताअन्तर्गत मंगलबार भएको पहिलो खेलमा होराइजनले आयोजक मिल्स क्रिकेट क्लबलाई ४५ रनले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।

टस जितेर पहिले ब्याटिङ थालेको होराइजनले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ४२ रनको चुनौती प्रस्तुत गर्‍यो । सन्तोष कार्कीले ३८ रन, कपिल मण्डलले २७ रन, अमन अलीले २३ रन, निरज मुखियाले १६ रन र अभिषेक कार्कीले १३ रन बनाए ।

बलिङमा आयोजकका मुरली चौधरीले ४ विकेट लिए भने प्रशान्त साह र अमर यादवले समान २–२ विकेट लिए ।

१ सय ४३ रनको लक्ष्य पछ्याएको आयोजकले १५ ओभरमा सबै विकेट गुमाउँदै ९७ रनमै समेटियो । सार्थक धितालले २५ रन, राहुल बिकले २४ रन, सन्तोष चौधरीले २१ रन र पपु यादवले ११ रन बनाए ।

बलिङमा होराइजनका दीपेश कँडेलले ४ विकेट, प्रेम कामतले २ विकेट तथा फिरदोस अन्सारी र अभिषेक कार्कीले समान १–१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच दीपेश कँडेलले ३ हजार रुपैयाँ प्राप्त गरे ।

बिहीबार होराइजनले फाइनल यात्राका लागि पटनाको हाइपर क्रिकेट क्लबसँग खेल्ने छ ।

त्यसैगरी, आजै भएको दोस्रो खेलमा एनबीएससीले भारतको सुपाैल क्रिकेट क्लब (मुन) लाई ६ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

टस जितेर ब्याटिङ थालेको सुपाैलले २० ओभर पूरै खेल्दै ९ विकेटको क्षतिमा १ सय ३१ रन बनाएको थियो । कमलुद्रिनले २५ रन, प्रेम कुमारले २४ रन र रिसु कुमारले २० रन बनाए ।

बलिङतर्फ एनबीएससीका नितेश यादवले ३ विकेट लिए भने सुवर्ण यादव, पप्पु यादव, सुमित श्रेष्ठ र सुवास रोयले समान १–१ विकेट लिए ।

१ सय ३२ रनको लक्ष्य पछ्याउँदै एनबीएससीले १४ ओभर १ बलमा ४ विकेटको क्षतिमा विजयी भयो । पप्पु यादव (बी) ले ५२ रन, रोशनले ३२ रन र अविनाश करनले २० रन बनाए ।

बलिङमा सुपौलका गुलसन राजले २ विकेट र प्रेम कुमारले १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच पप्पु यादव (बी) ले ३ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत बुधबार विराटनगरको वाइआरसिसी र सिराहा क्रिकेट क्लबबीच खेल हुनेछ ।

तपाइको प्रतिक्रिया
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.