विराटनगरमा ६ दिनदेखि लगातार मोटरसाइकल चोरी, २ जना पक्राउ

Share this
776shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २७, बुधबार ०८:१२

विराटनगर । विराटनगरमा ६ दिनयता लगातार मोटरसाइकल चोरीका घटना भएका छन् । यो अवधिमा ६ वटा मोटरसाइकल चोरी भएको छ । मोरङ प्रहरीका अनुसार कोशी अस्पताल आसपासबाट तीन वटा मोटरसाइकल चोरी भएको छ ।

मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये १ जना १८ वर्षभन्दा कम उमेरका छन् ।

मंगलबार दिउँसो कोशी अस्पताल परिसरबाट हराएको प्र १–०२–०४१ प ३४० नम्बरको मोटरसाइकल खोज्ने क्रममा प्रहरीले नेपाल भारत सीमा क्षेत्रबाट विराटनगर–१७ का २५ वर्षीय महम्मद मियाँ र १७ वर्षीय बालकलाई पक्राउ गरेको हो ।

चोरीको मोटरसाइकल भारत पुर्याएर फर्किएका उनीहरुले रानीमा अर्काे मोटरसाइकल चोरी गर्दै गर्दा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सरोज खनाल र इलाका प्रहरी रानीबाट प्रहरी निरीक्षक प्रकाश थापाको टोलीले पक्राउ गरेको हो । प्रहरीले चोरी भएका मोटरसाइकलको विवरण खुलाएको छैन ।

यो समूहले चोरी गरेको मोटरसाइकल भारतमा लगेर बेच्ने गरेको थियो । समूहमा अरु पनि हुन सक्ने बताउँदै प्रहरीले खोजी तीब्र बनाएको छ । प्रहरीका अनुसार चोरी भएका ६ वटा मोटरसाइकलमध्ये एउटा मोटरसाइकल फेला परेको छ ।

तपाइको प्रतिक्रिया
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.