मोटरसाइकलको ट्यांकीमा राखेर गाँजा तस्करी गर्ने पक्राउ

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २७, बुधबार ११:५१

काठमाडौं । मोटरसाइकलको ट्यांकीभित्र राखेर लागुऔषध गाँजा तस्करी गर्ने रौतहटका युवकलाई प्रहरीले पक्राउ गरेको छ । सीमा नजिक रहेको भारतको बिहार पूर्वी चम्पारण झरौखर थाना क्षेत्रमा उनलाई मंगलबार बेलुका पक्राउ गरिएको हो ।

मोटरसाइकलको ट्यांकीभित्र ४ किलोभन्दा बढी गाँजासहित स्थानीय बौधिमाई नगरपालिका–३ मटिअर्वाका मुकेश साहलाई पक्राउ गरिएको सीमा सुरक्षा बल एसएसबी क्याम्प जमुनियाका प्रमुख सहायक कमान्डेन्ट भाग सिंह गुर्जरले जानकारी दिएका छन् ।

साह प्रदेश २–०३–००७ प १७६७ नम्बरको मोटरसाइकल चढेर भारतीय क्षेत्रमा प्रवेश गरेका थिए । त्यस क्षेत्रमा रहेको झरौखर थानाका गस्ती टोली र एसएसबी क्याम्प जमुनियाको टोलीले मोटरसाइकल रोकेर जाँच गरेको थियो ।

त्यस क्रममा मोटरसाइकलको ट्यांकीभित्र ४ किलो ३०० ग्राम गाँजा राखेको भेटिएको थियो । पक्राउ परेका साहले यसअघि पनि यसरी नै नेपालबाट भारतीय क्षेत्रमा तस्करीमार्फत गाँजा पुर्याएको प्रहरीसमक्ष स्वीकारेका छन् ।

तपाइको प्रतिक्रिया
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.