‘अमेरिकी नीति नेपालका लागि अवसर हो’

Share this
753shares
मुलुकी खबर
महेश जाजू
clock२०८१ चैत २८, बिहीबार १३:२२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ ‘ट्याररिफ’ लागू गरेका छन् । उनको यो कदमले विश्वभर तहल्का मच्चाएको छ । ‘ट्यारिफ’को विरोध भइरहेको छ । विश्वभर उताढचढाव देखिन्छ । यो ‘ट्यारिफ’ले महँगी बढाउन सक्छ ।

ठूला र विकसित देशले ‘ट्यारिफ’को विरोध गरेपनि नेपालले अमेरिकाको नयाँ नीतिका कारण फाइदा लिने प्रशस्त ठाउँ छ । अमेरिकामा हाम्रो निर्यात अन्त्यन्त न्यून छ । ठूलो अंकमा निर्यात गर्नेहरुका लागि ‘ट्यारिफ’ धेरै छ ।

भारतकै हकमा २६ प्रतिशत अतिरिक्त ‘ट्यारिफ’ छ । बंगलादेश, पाकिस्तानसहित अन्य देशको तुलनामा नेपाललाई ‘ट्यारिफ’ थोरै छ, जम्मा १० प्रतिशत ।

१० प्रतिशत ‘ट्यारिफ’ नेपालका लागि अमेरिकामा व्यापार बढाउने अवसर हो । यही बेला हामीले आफ्नो निर्यात बढाउन सक्यौं भने फाइदा लिन सक्छौं ।

एसियन थाइफुड्सले अमेरिकामा रमपम, टुपीएम चाउचाउ र बिस्कुट निर्यात गर्छ । अमेरिकामा हाम्रो व्यापार राम्रो छ । वार्षिक १४–१५ करोडको कारोबार हुन्छ ।

भोलिका दिनमा १० प्रतिशत मात्रै ‘ट्यारिफ’ भएका कारण नेपालको उत्पादनलाई अमेरिकी बजारमा प्रतिस्पर्धा गर्न अरु देशलाई भन्दा सहज हुनेछ । व्यापारिक हिसाबले फाइदा लिन सकिन्छ । गार्मेन्ट, खाद्यान्यलगायत नेपालका आफ्नै उत्पादनलाई हामीले प्राथमिकता दिएर निर्यात गर्न सकिन्छ ।

अमेरिकाको नयाँ ‘ट्यारिफ’ नीतिले अर्को एउटा जोखिम देखिन्छ । भारतमा २६ प्रतिशत ‘ट्यारिफ’ छ । नेपालमा १० प्रतिशत मात्रै । यसमा भारतीय व्यापारीले फाइदा लिन सक्ने ठाउँ छ ।

केही वर्षअघि गार्मेन्ट निर्यातमा नेपाललाई सहज र सहुलियत थियो । त्यसबेला नेपालका उद्योगले भन्दा बाहिरकाले नेपालबाट सामान पठाएर फाइदा लिएका थिए । यो पटक १० प्रतिशत ‘ट्यारिफ’को फाइदा लिन सक्छन् ।

आफ्ना उत्पादनलाई प्राथमिकता दिएर निर्यात गर्न सक्यौं भने अमेरिकाको नयाँ ‘ट्यारिफ’ नीति हाम्रा लागि फाइदा जनक छ । यसका लागि राज्य संयन्त्रले गम्भीर भएर सोच्नुपर्छ । योजनाबद्ध रुपमा काम गर्नुपर्छ । निर्यातमुखी निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ ।

(प्रतिष्ठित उद्योगी महेश जाजूसँगको कुराकानीमा आधारित)

तपाइको प्रतिक्रिया
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.