विश्व योगासनाका पदक विजेतालाई राखेपको बधाई

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २८, बिहीबार १७:०८

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले १६ औँ विश्व योगासना च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई बिहीबार स्वागत गर्दै बधाई दिएका छन् ।

त्रिपुरेश्वरस्थित राखेपको सभा कक्षमा आयोजित कार्यक्रममा सदस्यसचिव घिसिङले खेलाडीलाई स्वागत गर्नुका साथै सफलताका लागि बधाई दिए । टोली बुधबार स्वदेश फर्किएको थियो ।

मलेसियाको क्वाललम्पुरमा चैत २३ देखि २४ गतेसम्म भएको प्रतियोगितामा नेपालले विभिन्न उमेर समूहमा २ स्वर्ण १ रजत र ३ कांस्य गरी ६ पदक जितेको थियो ।

प्रयासजंग चौहान र प्रत्युषा खतिवडाले स्वर्ण पदक जिते । अमिश पटेलले रजत तथा किरण मगर, संस्कृति चौलागाईं र सुन्दर सार्कीले कास्य पदक हात पारे ।

विभिन्न २३ राष्ट्रका १ सय ५३ खेलाडी सहभागी प्रतियोगितामा नेपालबाट ३१ जना खेलाडी सहभागी थिए । नेपाल समग्रमा तेस्रो भएको नेपाल योग खेलकुद संघका महासचिव चूडामणि खरेलले जनाएका छन् । भारत पहिलो तथा अमेरिका दोस्रो भए ।

प्रतियोगितामा सहभागी हुने खेलाडीलाई पुष्करराज पन्त, संग्राम पुरी, आनन्द गैरे र दीपा पाण्डेले २ साताको प्रशिक्षण गराएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव घिसिङले जुनियर खेलाडीमा ध्यान दिन सके मात्र राष्ट्रलाई अन्तर्राष्ट्रिय सफलता दिलाउने खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउँदै खेलाडीले जुन विधामा पदक ल्याउँछ त्यसैमा विशेष जोड दिनुपर्ने सुझाए ।

स्वर्ण विजेता प्रयास र प्रत्युषाले राष्ट्रलाई स्वर्ण दिलाएकोमा खुसी व्यक्त गर्दै विश्व च्याम्पियनसिपबाट धेरै कुरा सिक्ने अवसर मिलेको अनुभव सुनाए ।

तपाइको प्रतिक्रिया
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.