कराँतेका दावा सम्मानित

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २८, बिहीबार १७:४१

काठमाडौं । नेपाल क्योकुसिन कराँते (इको) संघले चौथो विश्व क्योकुसिन तेजुका कराँते च्याम्पियनसिपका रजत विजेता दावा शेर्पालाई बिहीबार सम्मान गरेको छ ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले दावालाई २५ हजार रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

जापानको फकुओकामा गत फेब्रुअरी २४ तारिखमा भएको प्रतियोगितामा दावाले पुरुष एकल कातामा रजत जितेका थिए ।

सोही प्रतियोगिताका दौरानमा भएको अन्तर्राष्ट्रिय कराँते संगठन क्योकुसिनकाइ–कान (तेजुका समूह), जापानले आयोजना गरेको अन्तर्राष्ट्रिय डान ग्रेडिङ टेस्टबाट पाँचौँ डान प्राप्त गर्न सफल नेपाल क्योकुसिन कराँते (इको) संघका अध्यक्ष दमन बस्नेतलाई पनि प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष पदमराज सुवेदी, उपाध्यक्ष नन्दकुमार किरातीलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.