
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेश सम्मानित भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसका अवसरमा आयोजित कार्यक्रममा कोसी प्रदेशलाई सम्मान गरिएको हो ।
काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा ७ वटा उद्योग वाणिज्य महासंघहरुमध्ये उत्कृष्ट कार्य सम्पदन गरेको भन्दै कोसी प्रदेश सम्मानित भएकाे हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट कार्य सम्पादन गर्ने उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउतलाई सम्मान पत्र प्रदान गरे ।

























