
काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनापछि फरार भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले काठमाडौं ल्याएको छ ।
भारतको आसामबाट बिहीबार नियन्त्रणमा लिएर आज झापा हुँदै काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको हो ।
उनविरुद्ध अनुसन्धानका लागि आजै अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गर्ने तयारी छ ।
जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा बिहान केहीबेर राखेर उनलाई चन्द्रगढी विमानस्थल पुर्याइएको थियो । जिल्ला प्रहरी कार्यालयबाट विमानस्थलसम्म पुर्याउँदा उनलाई हतकडी लगाइएको थियो । विमानमा चढाइसकेपछि भने उनको हतकडी खोलिएको थियो । काठमाडौं ओर्लिएपछि पुनः हतकडी लगाइएको थियो ।

























